Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा ४५.९३ अंकको गिरावट, कारोबार रकम ७ अर्ब ४६ करोडमा झर्‍यो

सेयर बजारमा ४५.९३ अंकको गिरावट, कारोबार रकम ७ अर्ब ४६ करोडमा झर्‍यो

अर्थ प्लस
सेयर बजारमा ४५.९३ अंकको गिरावट, कारोबार रकम ७ अर्ब ४६ करोडमा झर्‍यो

काठमाडौं, मंसिर २३ । साताको पहिलो काराेबार दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा बन्द भएको छ।

आज बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज बजारमा २७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने २१४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

आज खानीखोला हाइड्रोपावरको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको शेयरभाउ ९.९८ प्रतिशतले बढेको छ। यो दिन ४ कम्पनीको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपाल र जोशी हाइड्रोपावरको शेयरभाउ १० प्रतिशत तथा सामुदायिक लघुवित्तको शेयरभाउ ९.९७ प्रतिशतले घटेको छ।

सम्बन्धित समाचार