Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिडिबि होल्डिङ्सले ५४.५% हकप्रद सेयर जारी गर्न माग्यो स्वीकृति

सिडिबि होल्डिङ्सले ५४.५% हकप्रद सेयर जारी गर्न माग्यो स्वीकृति

अर्थ प्लस
सिडिबि होल्डिङ्सले ५४.५% हकप्रद सेयर जारी गर्न माग्यो स्वीकृति

काठमाडौँ, मंसिर २४ । सिडिबि होल्डिङ्सले आफ्ना सेयरधनीहरूका लागि हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन दिएको छ।

कम्पनीले हालको १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँ चुक्तापुँजीको १ः०.५४५ अनुपातमा ५४.५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो।

यदि बोर्डले स्वीकृति दिएमा, सीईडीबी होल्डिङ्सले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँबराबरका १०० रुपैयाँ अंकित दरका ५६ लाख ३६ हजार ५९१.९८ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।  

यस हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। 

सम्बन्धित समाचार