Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

अर्विट इनर्जीले डाक्यो साधारणसभा, आईपीओ जारी गर्ने मुख्य एजेन्डा

अर्विट इनर्जीले डाक्यो साधारणसभा, आईपीओ जारी गर्ने मुख्य एजेन्डा

अर्थ प्लस
अर्विट इनर्जीले डाक्यो साधारणसभा, आईपीओ जारी गर्ने मुख्य एजेन्डा

काठमाडौं, मंसिर २५ । अर्विट इनर्जी लिमिटेडले  पुस १७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आईपीओ जारी गर्ने मुख्य एजेन्डासहित साधारणसभा बोलाएको हो ।

मंसिर २३ गते बसेको  कम्पनी सञ्चालक समितिको बैठकले सभा काठमाडौंको हाडिगाउँस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको हो।

सभामा स्थानीय तथा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने तथा सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने, कर्जा लिने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष एजेन्डा रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छन् ।

सम्बन्धित समाचार