काठमाडौं, मंसिर २५ । नेप्सेमा ६ बीमा कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ६ बीमा कम्पनीको बोनश शेयर सूचीकृत भएको हाे ।
बोर्डका अनुसार प्रभु इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, नेपाल रिइन्स्योरेन्स, नेशनल लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको छ।
नेप्सेमा प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनश शेयर बापतको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनश शेयर बापतको १ करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।
यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनश शेयर बापतको ४२ लाख ९६ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी, सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनश शेयर बापतको ७६ लाख १६ हजार, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनश शेयर बापतको ६० लाख ८६ हजार ४ सय ३३ र नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनश शेयर बापतको २० लाख ६६ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
