Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

१२ घण्टा एनएमबि बैंकको सेवा अवरुद्ध हुने

१२ घण्टा एनएमबि बैंकको सेवा अवरुद्ध हुने

अर्थ प्लस
१२ घण्टा एनएमबि बैंकको सेवा अवरुद्ध हुने

काठमाडौं, मंसिर २५ । एनएमबि बैंकको सेवा १२ घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले सेृवा अवरुद्ध हुने जनाएको हो ।

बैंकको सेवा मंसिर २८ गते शुक्रबार राति साढे १० बजेदेखि मंसिर २९ गते शनिबार बिहान साढे १० बजेसम्म अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

उक्त समयमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस तथा कल सेन्टर सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार