Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन बैंकको शेयर लिलाम बिक्रीमा

हिमालयन बैंकको शेयर लिलाम बिक्रीमा

अर्थ प्लस
हिमालयन बैंकको शेयर लिलाम बिक्रीमा

काठमाडौं, मंसिर २६ । हिमालयन बैंकको ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने समय दिएर शेयर बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

शेयर खरिदका लागि निवेदन दिन १५ दिनको म्याद दिइएको छ। तोकिएको समयसीमाभित्र इच्छुक व्यक्ति तथा संस्थाले काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार