Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ज्योति विकास बैंकले लाभांश नदिने

ज्योति विकास बैंकले लाभांश नदिने

अर्थ प्लस
ज्योति विकास बैंकले लाभांश नदिने

काठमाडौं, मंसिर २८ । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको मंसिर २७ गते बिहिबार बसेको सञ्चालक समितिको ५०३औं बैठकले गत आवका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले बैंकको आव २०८०/८१ को लेखापरीक्षण गरिएको वित्तिय अवस्थाको विवरण (वासलात), सोही मिति सम्मको नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र लेखा सम्बन्धी टिप्पणीहरु सहितको वित्तिय विवरणहरु स्वीकृत गर्ने र उक्त वित्तिय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात वार्षिक साधारणसभाबाट पारित गर्नेगरी आवश्यक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार