काठमाडौं, पुस १ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीले सोही बैठकमा २०८१ असार मसान्तसम्मको बासलात, नाफा-नोक्सान, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी, तिनीहरूलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।
