काठमाडाैं, पुस २ । नेपाल धितोपत्र बोर्डले एनएमबि हाईब्रिड फन्ड एल–२ योजनाका इकाइहरु निष्कासन अनुमति दिएको छ।
एनएमबि म्युचुअल फन्डअन्तर्गत संचालित यस योजनाका इकाइहरु सर्वसाधारणको लागि बिक्री खुला गरिनेछन्। बन्दमुखी यस योजनाको अवधि १० वर्ष रहेको छ।
कुल १ अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजनामध्ये १ अर्ब २ करोड रुपैयाँ बराबरको इकाइमात्रै सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ।
