Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

रसुवागढी हाइड्रोपावरको साधारणसभा आह्वान

रसुवागढी हाइड्रोपावरको साधारणसभा आह्वान

अर्थ प्लस
रसुवागढी हाइड्रोपावरको साधारणसभा आह्वान

काठमाडौं , पुस ४ । रसुवागढी हाइड्रोपावर कम्पनीले बाह्रौं बार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते सोमबार, स्मार्ट महल, धुम्बाराही, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन पेश गरिनेछ। यसमा आ.व. २०८०-०८१ का आर्थिक विवरणहरू, लेखापरीक्षकको प्रतिवेदन, नगद प्रवाह विवरण र अन्य सम्बद्ध अनुसूचीहरूको छलफल गरी पारित गर्ने प्रक्रिया हुनेछ। साथै, कम्पनीको आ.व. २०८१-०८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने पनि एजेन्डा रहेको छ।

साथै, संचालक समितिका सदस्यहरूको बैठक भत्ता र सुविधा सम्बन्धी छलफल, तथा स्वतन्त्र संचालक को मनोनयन र निर्वाचनको प्रस्ताव पनि राखिनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १६ गते मंगलबार (१ दिन) बुक क्लोज गर्ने घोषणा गरेको छ।

सम्बन्धित समाचार