Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने

अर्थ प्लस
सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने

काठमाडौं , पुस ४ । सर्वोत्तम सिमेन्टले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारितको मुख्य प्रस्तावसहित कम्पनीले साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले आगामी पुस २६ गते रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार