Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा ३१.४३ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७६ करोडमा झर्‍यो

सेयर बजारमा ३१.४३ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७६ करोडमा झर्‍यो

अर्थ प्लस
सेयर बजारमा ३१.४३ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७६ करोडमा झर्‍यो

काठमाडौं , पुस ४ । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा बन्द भएको छ।

आज ३१० कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । आज २९ कम्पनीको मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.९६ प्रतिशतका दरले कमाएका छन् । भूगोल इनर्जीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२१ प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार