Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

के नेप्सेले ब्रोकर लिमिट घटाउँदै छ ?

के नेप्सेले ब्रोकर लिमिट घटाउँदै छ ?

अर्थ प्लस
के नेप्सेले ब्रोकर लिमिट घटाउँदै छ ?

काठमाडौं, पुस ६ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दलाल (ब्रोकर) लाई दिंदै आएको 'कारोबार लिमिट' घटाउने तयारी गरेको छ। अहिलेसम्म कायम २५ गुणा बराबरको सीमा घटाएर आधा बनाउने तयारी रहेको नेप्से स्रोतले जनाएको छ। स्रोतकाअनुसार जोखिम न्यूनीकरण गर्ने उदेश्यले ब्रोकरलाई दिंदै आएको सीमा घटाउन लागिएको हो । ब्रोकरहरुले शेयर कारोबारको लागि नेप्सेको खातामा एक करोड रुपैयाँ नगद वा बैंक ग्यारेन्टी राख्दा २५ करोडको लिमिट पाउँदै आएका छन्। ब्रोकरको कारोबार लिमिट घटाउँदा सेयर बजारमा त्यसको प्रभाव प्रत्यक्ष पर्दछ ।

विगतमा ब्रोकर कमिसन घटाइँदा ब्रोकरहरू रुष्ट छन् । अब यदी ब्रोकरको कारोबार सीमा पनि घटाउने हो भने झनै समस्या पर्न सक्ने ब्रोकरहरूले बताउन थालेका छन्। तर नेप्सेले आधिकारिक रुपमा भने यसबारे जानकारी दिएको छैन ।

 

सम्बन्धित समाचार