Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

अर्थ प्लस
नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

काठमाडौं, पुस ७ । नेपाल दूरसञ्चार कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको नाफाबाट करसहित ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले लाभांश पारित गर्न पुस २८ गते राष्ट्रिय सभा गृहमा १७औं वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गरेको छ ।

सम्बन्धित समाचार