Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

१३.५३ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

१३.५३ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

अर्थ प्लस
१३.५३ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं, पुस ७ । साताको पहिलो काराेबार दिन आज शेयर बजार घटेको छ। आज शेयर बजार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को विन्दुमा बन्द भएको छ ।

आज ३१९ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्य २ वटा समूह उकालो लागेका छन् भने ११ वटा वटा समूह ओरालो लागेका छन् । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ ।  याे दिन ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १२ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावरको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रोपावर र बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार