काठमाडौं, पुस ७ । नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६८७.०४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हाे ।
नेप्सेले आइतबारको अन्तिम कारोबार ७४२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सेयर बजारमा कारोबार खुल्नेछ ।
