Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बीमा

आधा वर्षको कारोबारमा शिखर इन्स्योरेन्सको बजार हिस्सा साढे १२ प्रतिशत, मर्जर बिना नै पहिलाे स्थानमा

आधा वर्षको कारोबारमा शिखर इन्स्योरेन्सको बजार हिस्सा साढे १२ प्रतिशत, मर्जर बिना नै पहिलाे स्थानमा

आधा वर्षको कारोबारमा शिखर इन्स्योरेन्सको बजार हिस्सा साढे १२ प्रतिशत, मर्जर बिना नै पहिलाे स्थानमा

काठमाडौं, १७ माघ । निर्जीवन बिमा व्यवसायमा मर्जरको सहारा नलिइकनै पनि शिखर इन्स्योरेन्सको बजार हिस्सा सबैभन्दा बढी देखिएको छ। बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आवको दोस्रो त्रैमाससम्मको विवरण अनुसार १२ दशमलब ६४ प्रतिशत हिस्सा सहित शिखर इन्स्योरेन्स अगाडि देखिएको हो ।

१४ वटा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरकोमा शिखर इन्स्योरेन्सले मात्रै २ अर्ब ४५ करोड ७ लाख ६४ हजार रुपैयाँ बिमा प्रिमियम संकलन गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा १ लाख ५० हजार ७ सय २२ वटा बीमा लेखा जारी गरेको छ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गरेर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएपछि धेरै कम्पनीहरु मर्जरमा गएका थिए । मर्जरमा गएपछि कम्पनीको पुँजी मात्रै वृद्धि भएन, व्यवसायमा समेत विस्तार देखियो । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कुल बजारको १२ दशमलब १० प्रतिशत हिस्सा ओगटेको छ । सगरमाथाले १ लाख ४८ हजार ९२ वटा वटा बीमा लेखा जारी गरेर २ अर्ब ३४ करोड ७१ लाख ६७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्स मर्जर भएर बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कुल बजारको १० दशमलब १७ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले १ लाख ५३ हजार ८ सय ४४ वटा बीमा लेख जारी गरेर १ अर्ब ९७ करोड २६ लाख १८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले कुल निर्जीवन बीमा बजारको ८ दशमलब ६५ प्रतिशत तथा आइजीआई इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कुल बजारको ८ दशमलब ५६ प्रतिशत हिस्सा ओगेटेको छ । हिमालयन एभरेष्टले १ लाख २४ हजार २ सय ५४ वटा बीमा लेख जारी गरेर १ अर्ब ६७ करोड ७६ लाख ९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने आइजीआई प्रुडेन्सियलले १ लाख २१ हजार ३ सय ६३ वटा बीमा लेख जारी गरेर १ अर्ब ६६ करोड १२ लाख ४० हजार रुपैयाँ संकलन गरेको छ ।

कुनै कम्पनीसँग मर्जर नगरिकनै पुँजी पुयाउने दिशामा अगाडि बढेको नेको इन्स्योरेन्सको बजार हिस्सा ८ दशमलब ३२ प्रतिशतमा खुम्चिएको छ । नेको इन्स्योरेन्सले १ लाख ५४ हजार १ सय ९ वटा बीमा लेख जारी गरेर १ अर्ब ६१ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ ।

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर भएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सको बजार हिस्सा ६ दशमलब ७४ प्रतिशत पुगेको छ । युनाइटेड अजोड इन्स्योरेन्सले १ लाख ५ हजार ९ सय ३३ बीमा लेख जारी रेर १ अर्ब ३० करोड ६७ लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ ।

मर्जर नगरिकनै अगाडि बढेको एनएलजी इन्स्योरेन्स कम्पनीको बजार हिस्सा ६ दशमलब ४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको बजार हिस्सा ५ प्रतिशत, नेपाल इन्स्योरेन्सको बजार हिस्सा ३ दशमलब ८७ प्रतिशत र सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको बजार हिस्सा भने ३ दशमलब ५७ प्रतिशत रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्जर भएर बनेको सानिमा जीआईसी इन्स्योरेन्सको बजार हिस्सा ५ दशलब ९३ प्रतिशत पुगेको छ । कम्पनीले ७७ हजार ९ सय ४४ वटा बीमा लेख जारी गरेर १ अर्ब १५ करोड २ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सम्बन्धित समाचार