Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्रिन भेन्चर्सकाे १० प्रतिशत बोनस सेयर घोषणा

ग्रिन भेन्चर्सकाे १० प्रतिशत बोनस सेयर घोषणा

अर्थ प्लस
ग्रिन भेन्चर्सकाे १० प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं, पुस ७ । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स लिमिटेडले १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ५ पुसमा बसेको १४औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बोनस सेयर बापत कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पनि वितरण गरिने निर्णय भएको छ ।

त्यसैगरी कम्पनीको छैटौं वार्षिक साधारणसभा २८ पुसमा बस्ने र १४ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार