Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, पुस ९ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि बिक्री गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज पुस ९ गते अन्तिम दिन हो। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन निष्कासन गरिरहेको एफपीओमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ। कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९।१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरेको हो। एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि सि–आस्बा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ। एफपीओ बाँडफाँडपछि यो रकम ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार