Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय, कति दिँदैछ लाभांश ?

शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय, कति दिँदैछ लाभांश ?

अर्थ प्लस
शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय, कति दिँदैछ लाभांश ?
काठमाडौं, पुस १० ।  शिवम् सिमेन्ट्स लिमिटेडले बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने गरी ९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
 
 कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय पनि गरेकोले पुस १६ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
 
यसअघि २०७९–८० को नाफाबाट कम्पनीले १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यसको साधारण सभा पुस २९ गते राष्ट्रिय सभा गृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार