काठमाडौं, पुस १२ । स्वर्णिम होटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
