काठमाडौं, पुस १२ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ।
संस्थाले हाल कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।
सेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन नवलपरासी, गैडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ।
