Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

फर्स्ट माइक्रोफाइनान्सको ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

फर्स्ट माइक्रोफाइनान्सको ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

अर्थ प्लस
फर्स्ट माइक्रोफाइनान्सको ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, पुस १३ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजा अर्यालले प्रस्तुत गरेको सञ्चालक समितिको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरेको छ ।

सभाले आर्थिक वर्ष (आव) २०८०/०८१ को मुनाफावाट शेयरधनीहरूलाई संस्थाको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । 

सम्बन्धित समाचार