Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

२१.१२ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

२१.१२ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

अर्थ प्लस
२१.१२ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

काठमाडाैं, पुस १४ । आज शेयर बजार दोहोरो अंकले घटेको छ ।  नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ ।

आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनकिो मूल्य घटेको छ । याे दिन २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी, जानकी फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार