काठमाडौं, पुस २१ । साताको पहिलो कारोबार दिन शेयर बजार झिनो अंकले बढेको छ। नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर र दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ९.४४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
