Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा ४९.१२ अंकको बृद्धि हुँदा ६ अर्ब ३० करोडमाथिको कारोबार

सेयर बजारमा ४९.१२ अंकको बृद्धि हुँदा ६ अर्ब ३० करोडमाथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा ४९.१२ अंकको बृद्धि हुँदा ६ अर्ब ३० करोडमाथिको कारोबार

काठमाडौं, पुस २२ । आज शेयर बजार भारी अंकले बढेकाे छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दु बन्द भएको छ।

आज ३१२ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको शेयर कारोबार भएको छ । आज २२६ कम्पनकिो शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् । शाहस उर्जाका लगानीकर्ताले ८.७१ प्रतिशतका दरले कमाएका छन् । माया खोलाका लगानीकर्ताले ८.५९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज एनआरएनको २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार