Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

सुनको मुल्यमा वृद्धि, थप रेकर्ड ब्रेक गर्ने बिश्लेषकको प्रक्षेपण

सुनको मुल्यमा वृद्धि, थप रेकर्ड ब्रेक गर्ने बिश्लेषकको प्रक्षेपण

सुनको मुल्यमा वृद्धि, थप रेकर्ड ब्रेक गर्ने बिश्लेषकको प्रक्षेपण

काठमाडौं, १९ माघ । याे साता सुन महंगिएकाे छ । साताभरजसाे नै सुनकाे भाउ बढेकाे छ। आईतबारकाे तुलनामा शुक्रबारसम्म सुन ताेलामा एक हजार ५०० रूपैयाँले वृद्धि भएकाे हाे ।

आईतबार प्रतिताेला एक लाख १८ हजार रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य साताको दाेश्राे दिन देखि साताको पछिल्लो कारोबार भएको दिनसम्म बढि नै रह्याे । सुनकाे मूल्य शुक्रबारसम्म बढेर प्रतिताेला एक लाख १९ हजार ५०० रूपैयाँ पुग्याे ।

नेपाली बजारमा यस साता चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताभरमा चाँदी ताेलामा १५ रूपैयाँले महंगिएकाे छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतिताेला एक हजार ४०० रुपैयाँ रहेको थियाे । त्यसपछि, चाँदीको मुल्य साेमबार र मंगलबार बढेकाे थियाे । मंगलबार प्रतिताेला एक हजार ४२० रुपैयाँ पुगेकाे चाँदीकाे भाउ बिहीबार घटेर प्रतिताेला एक हजार ४१० रूपैयाँमा झरेकाे थियाे । तर आज फेरि चाँदीकाे भाउ बढेर प्रतिताेला एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यो साता विश्व बजारमा सुनको मुल्यमा वृद्धि भएकाेले नेपाली सुन बजारमा सुन महंगिएकाे हाे । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मुल्य बढेको छ । यो बर्ष मुल्यले थप नयाँ उचाई लिन सक्ने बिश्लेषकहरुको अनुमान छ ।

 

इजरायल र हमासबीच युद्धविराम हुने संकेतसँगै सुनकाे भाउ उच्च स्तरबाट केहि तल मात्र छ । सुरक्षित लगानी र बजारकाे बाहिरी शक्तिका कारण सुनकाे भाउ बढ्नुलाई बल मिलिरहेकाे छ । कमजाेर अमेरिकी डल र ट्रेजरी यिल्डकाे गिरावटलाई पनि कारण मानिएकाे छ । 

शुक्रबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक डलरले बढेर २ हजार ५५ डलर बराबरमा काराेबार भइरहेकाे छ । चाँदी भने सामान्य घटेर प्रतिअउन्स २३ डलरमा खरिदबिबक्री हुँदैछ ।

सम्बन्धित समाचार