Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शेयर बजारमा सामान्य बृद्धि, ६ अर्ब ४० करोडको कारोबार

शेयर बजारमा सामान्य बृद्धि, ६ अर्ब ४० करोडको कारोबार

अर्थ प्लस
शेयर बजारमा सामान्य बृद्धि, ६ अर्ब ४० करोडको कारोबार

काठमाडौं, पुस २४ । शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ को विन्दुमा बन्द भएको हो।

आज ३०५ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ । शेयर बजारमा १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ ।

आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादी हाइड्रोको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.७० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

सम्बन्धित समाचार