Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

ब्रोकरविरुद्ध लगानीकर्ताले उजुरी दिन थालेपछि ब्रोकर एसोसिएसनले निकाल्यो विज्ञप्ति

ब्रोकरविरुद्ध लगानीकर्ताले उजुरी दिन थालेपछि ब्रोकर एसोसिएसनले निकाल्यो विज्ञप्ति

ब्रोकरविरुद्ध लगानीकर्ताले उजुरी दिन थालेपछि ब्रोकर एसोसिएसनले निकाल्यो विज्ञप्ति

विगत केहि दिनदेखि लगानीकर्ताहरुले आफ्नो विक्रि गरेको सेयरको रकम समयमा नै प्राप्त गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा तथा गुनासाहरु पोख्दै आएका छन्। केहि दिन देखि ब्रोकर विरुद्ध उजुरी नेपाल धितोपत्र बोर्ड मै पर्न थालेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले विज्ञप्ती जारी गरेको छ। 

ब्रोकरहरुको एसोसिएसनले बिद्युतिय भुक्तानी प्रणालीमा समस्या आएको कारण  सेयर बिक्रिको रकम ढिला भुक्तान हुन गएको भनेको छ। 

माघ ३ र ४ गते ठुलो परिमाणमा तथा धेरै पटक सेयर कारोवार भएको र माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए तापनि माघ ४ गते बेलुकाबाट ट्रेड म्यानेजमेन्ट सिष्टम (TMS) मर्मतको लागि बन्द भएका कारण TMS मा माघ ७ गते मात्र बिल जेनेरेट भएको कारण माघ ४ र ५ गते राफसाफ भएका बिलहरुको भुक्तानी माघ ७ गतेदेखि मात्र भुक्तानी प्रोसेसिङ्ग गर्न सकेको एसोसिएसनले भनेको छ। 

माघ २, ३ र ४ गतेको कारोवारको भुक्तानी TMS बाट माघ ७ गतेबाट मात्र भुक्तानी प्रक्रिया सुरु गर्न मिलेका कारण Payment Getway मा अधिक चाप पर्न गएकोब्रोकर एसोसिएसनले लगानीकर्तालाई बुझाउन खोजेको छ।  उनले भनेको छ 'TMS मर्मत भईसके पश्चात् सो प्रणाली मार्फत् विद्युतिय माध्यमवाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोवारहरु केही दिनसम्म पनि प्रोसेसिङ्गमा नै रहेको र ग्राहकको खातामा पैसा जम्मा नभएको भनेको छ। '

 दैनिक रुपमा धेरै कारोवारहरु भुक्तानीको लागि प्रोसिसिङ्ग गर्दा अधिकांश रकमहरु भुक्तानी भए तापनि कतिपय भुक्तानीहरु बैंक विवरण ठिक हुँदाहुँदै पनि Invalid भई पुनः प्रोसेसिङ्ग गर्नु परेको कारण पनि समयमा नभएको ब्रोकरको  एसोसिएसनले बुझाउन खोजेको छ। 

अहिले नेपालमा सेयर कारोवारको राफसाफ समय T+2 भित्र हुने गरेको छ । सेयर खरिद गरेको अर्को कार्यदिन सम्ममा बाँकी रकम खरिदकर्ताले भुक्तानी गरिसक्नु पर्ने र सेयर बिक्रि गरेको अर्को कार्यदिन सम्म सेयर विक्रिकर्ताले EDIS गरि T+2 मा राफसाफ भई ब्रोकर कम्पनीको खातामा खरिद गरेको सेयर तथा विक्रि गरेको सेयरको रकम जम्मा हुने गर्दछ । यसरी शेयर बिक्रि वापत ब्रोकर कम्पनीको खातामा प्राप्त भएको रकम सेयर बिक्रिकर्ताको बैंक खातामा विद्युतिय प्रणाली मार्फत् पठाईने गरिएको छ। 

सम्बन्धित समाचार