Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल टेलिकमको नगद लाभांश शेयरधनीको खातामा

नेपाल टेलिकमको नगद लाभांश शेयरधनीको खातामा

अर्थ प्लस
नेपाल टेलिकमको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं, पुस २९ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को पुस २८ गतेको साधारणसभाले पारित गरेको ३० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको खातामा पठाउन थालिएको छ । लाभांश वितरण प्रयोजनका लागि टेलिकमले पुस १८ गते बुक क्लोज गरेको थियो। पुस १७ गतेसम्म कायम शेयरधनीको बैंक खातामा आज सोमबारदेखि नगद लाभांश पठाउन थालिएको कम्पनीले जनाएको छ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र अद्यावधिक गर्न समेत आग्रह गरेको छ। साथै पुस १७ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा नगद लाभांश पठाइने कम्पनीले बताएको छ।

सम्बन्धित समाचार