Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शेयर बजारमा सामान्य बृद्धि, ५ अर्ब ८२ करोडको कारोबार

शेयर बजारमा सामान्य बृद्धि, ५ अर्ब ८२ करोडको कारोबार

अर्थ प्लस
शेयर बजारमा सामान्य बृद्धि, ५ अर्ब ८२ करोडको कारोबार

काठमाडाैं, माघ २ । शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९५को विन्दुमा कायम भएको छ ।

आज २९९ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज १२४ कम्पनकिो शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादी हाइड्रोको ३० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १९ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८.३० प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार