काठमाडाैं , माघ ३ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । इन्स्योरेन्सको आईपीओ माघ ६ गते आइतबार कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड हुने भएको हाे।
कम्पनीले पुस २१ गते सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। ७५ करोड चुक्तापूँजीको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको शेयर निष्काशन गरिएको थियो।
कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता, र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो।
निष्काशनको अन्तिम दिनसम्म आइपीओमा १९ लाख ६ हजार ७८४ जनाले आवेदन दिएका थिए, जुन मागभन्दा १३.६५ गुणा बढी हो। गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।
