Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

यी ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

यी ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
यी ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाडौ, माघ ४ । एनआईसी एशिया बैंक लिमिटेड लिलामीमा राखेको ३ वटा कम्पनीको संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।    

बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०कित्ता,सीआईटीको ५० हजार कित्ता र सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता गरी कुल ९ लाख ४९ हजार ७८५ कित्ता सेयर गत पुस २५ गतेदेखि लिलामीमा राखेको थियो ।    

सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २५३ रुपैयाँ, सीआईटीको ७०३ रुपैयाँ र सूर्यज्योति लाइफको १५९ रुपैयाँ निर्धारण गरिएको छ ।  

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सूर्यज्योति र सूर्योदय वोमीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र सीआईटीका लागि १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथली ट्रेड टावरस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।  

सम्बन्धित समाचार