Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

मेयर बालेनको प्रश्न– उदघाटन गरेको करिब ३ बर्षपछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

मेयर बालेनको प्रश्न– उदघाटन गरेको करिब ३ बर्षपछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

मेयर बालेनको प्रश्न– उदघाटन गरेको करिब ३ बर्षपछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

काठमाडौं, माघ २२ । काठमाडौँं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले धरहरामा सुरु भएको निःशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् । 

आज सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले धरहरामा सुरु भएको निःशुल्क पार्किङ बन्द नहुने बताएका हुन् । 

उनले सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि  रजाइँ गर्ने मनसाय देखिएको भन्दै आफू छउन्जेल काठमाडौं महानगरमा कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने चेतावनी दिए  ।

काठमाडौं महानगरले न्यूरोडको पार्किङ बन्द गराएर धरहरामा निशुल्क पार्किङ्गको व्यवस्था गराएका बालेनले २ वर्ष ९ महिनामा पनि निर्माण सम्पन्न नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

निर्माणको चरणमा रहेकाले पार्किङ बन्द गराउनु पर्ने पत्र आएपछि उनले धरहरालाई सेतो टावर र केपी ओली टावरको संज्ञा दिएका हुन् ।

उनले लेखेका छन्, ‘२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा दुई वर्ष नौ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नुभएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे  ।’ तर, केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नू ।’

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भनेर उनले प्रश्न गर्दै भने, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुनेजस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आवश्यक रहेको बताए ।  केपी ओलीप्रति लक्षित गर्दै भने, ‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुनेजस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गरौँ ।’

मेयर बालेनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन् । 

उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगरौँ । सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुनेछैन । महानगरको पहलमा अहिलेका लागि निःशुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ  ।अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्था लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिनेछैनौँ ।’

सम्बन्धित समाचार