Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ प्लस
नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, माघ ९ । नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते बुधबार अन्तिम दिन रहेको छ ।
 
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएकाले  माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

कम्पनीले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार