काठमाडाैं, माघ १० । आशा लघुवित्त वित्तीय संस्थाको २० लाख १४ हजार २२७.५० कित्ता सेयरको लकइन अवधि आउँदो फागुन ११ गते सकिने भएको छ।
यसमा संस्थापक सेयरको १७ लाख ५० हजार कित्ता, बोनस सेयर २ लाख ४९ हजार ३७५ कित्ता, कर्मचारीको १३ हजार प्रारम्भिक सेयर र १ हजार ८५२.५० बोनस सेयर रहेका छन्।
संस्थाले २०७८ सालको फागुन महिनामा आईपीओ जारी गरेको थियो ।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिबाट तीन वर्षको लकइन अवधि कायम गर्ने व्यवस्था छ।
