Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बेष्ट फाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा

बेष्ट फाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
बेष्ट फाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडाैं, माघ ११ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर कम्पनीका विद्यमान शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।

इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ। तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार