काठमाडौं, माघ १३ । एनएमबि बैंक लिमिटेडले ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ १३ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
