Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आरम्भ चौतारी लघुवित्तको साधारणसभा आज बस्दै

आरम्भ चौतारी लघुवित्तको साधारणसभा आज बस्दै

अर्थ प्लस
आरम्भ चौतारी लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं, माघ १४ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आज माघ १४ गते बस्दैछ। सभा बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि शुरू हुनेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश छैन। गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिनेछ।

त्यसैगरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। साधारणसभा प्रयोजनका लागि संस्थाले माघ २ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस २९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

सम्बन्धित समाचार