Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शेयर बजारमा १०.६१ अंकको गिरावट हुँदा ८ अर्ब ९२ करोड माथिको कारोबार

शेयर बजारमा १०.६१ अंकको गिरावट हुँदा ८ अर्ब ९२ करोड माथिको कारोबार

अर्थ प्लस
शेयर बजारमा १०.६१ अंकको गिरावट हुँदा ८ अर्ब ९२ करोड माथिको कारोबार

काठमाडौं, माघ १४ । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटको छ । नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ को विन्दुमा कायम भएको छ ।

आज ३१२ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड माथिको शेयर किनबेच भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर का लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जानकी फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार