Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

धौलागिरी लघुवित्तको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक

धौलागिरी लघुवित्तको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक

अर्थ प्लस
धौलागिरी लघुवित्तको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक

काठमाडौं, माघ १५ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ ।

संस्थाले वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो त्रैमासमा उल्लेखनिय सुधार गरि ६ करोड ४१ लाख ब्याज आम्दानी गरि रु. २० लाख ८१ हजार खुद नाफा कमाएको छ ।

त्यस्तै नाफा कमाउँदा प्रति शेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ ।

निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरुको आत्मवल साथै उत्प्रेरणा बढेकाले संस्थाको नामामा उल्लेख्य सुधार आएको हो ।

संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायतसम्पुर्ण फिल्ड सहायक कर्मचारी सहितको तालिम समेत आयोजना गरी कर्मचारीहरुको वित्तीय सुरक्षा मनोवल उच्च पादै आइरहेको छ ।

यस अवधि भित्रमा यस वित्तीय संस्थाले देश भरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरुमार्फत ४० हजार ७३३ जान विपन्न घर परिवारमा सेवा पुया्उँदै २ अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।

सम्बन्धित समाचार