काठमाडौं, माघ १६ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार मंगलबारकोअन्तिम कारोबार मूल्य ९३८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ७७१.१२ रुपैयाँ १४ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।
