Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा ६९.८० अंकको बृद्धि हुँदा १२ अर्ब ९५ करोडमाथिको कारोबार

सेयर बजारमा ६९.८० अंकको बृद्धि हुँदा १२ अर्ब ९५ करोडमाथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा ६९.८० अंकको बृद्धि हुँदा १२ अर्ब ९५ करोडमाथिको कारोबार

काठमाडौं, माघ २० । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा कायम भएको छ ।

आज ३३० कम्पनीको सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ । आज २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ । आज ३ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ३० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार