Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया लघुवित्तको नाफा ४२ लाख

एनआईसी एशिया लघुवित्तको नाफा ४२ लाख

अर्थ प्लस
एनआईसी एशिया लघुवित्तको नाफा ४२ लाख

काठमाडौं, माघ २० । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८०.८३ प्रतिशतले बढी हो ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घट्दै ३३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाले ३९ करोड ९३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ६३ लाख र सञ्चालन मुनाफा ५९ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा ६ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १ करोड ६९ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने ७६ करोड १८ लाख रुपैयाँबाट बढेर ८० करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले समीक्षा अवधिसम्ममा ग्राहकहरुबाट १ अर्ब ८० करोड रुपैयाँबराबरको निक्षेप संलकन र १६ अर्ब ३ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा ९३.५८ प्रतिशतले घटेको छ । यससँगै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ ।

वितरणयोग्य वार्षिक प्रतिसेयर आम्दानी पनि १५.१५ रुपैयाँबाट घटेर ०.९७ रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)०.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १८७.८७ रुपैयाँ रहेकाे छ ।

सम्बन्धित समाचार