Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा सामान्य बृद्धि, ११ अर्ब ८७ करोडको कारोबार

सेयर बजारमा सामान्य बृद्धि, ११ अर्ब ८७ करोडको कारोबार

अर्थ प्लस
सेयर बजारमा सामान्य बृद्धि, ११ अर्ब ८७ करोडको कारोबार

काठमाडौं, माघ २१ । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.४१ अंकले घटेर २७३० को विन्दुमा कायम भएको छ ।

आज ३१९ कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड माथिको सेयर कारोबार भएको छ । आज ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ । आज ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबै भन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ३० करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सनराइज फोकस्ड इक्विटी फन्डका इकाईधनीले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार