Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

६ महिनामा साढे २३ अर्ब सेयर धितो कर्जा प्रवाह

६ महिनामा साढे २३ अर्ब सेयर धितो कर्जा प्रवाह

अर्थ प्लस
६ महिनामा साढे २३ अर्ब सेयर धितो कर्जा प्रवाह

काठमाडौं, माघ २१ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास चालु आर्थिक वर्षको ६ महिना पुससम्म बैंकहरुबाट थप २३ अर्ब ६८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुबाट १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ।  

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ७ अर्ब ९८ करोडले वृद्धि भएको सेयर धितो कर्जा चालु आवको सोही अवधिमा करिब करिब २४ अर्बले बढेको हो ।   

करिब २४ अर्बले सेयर धितो कर्जामा वृद्धि हुँदा साढे १९ अर्ब भन्दा बढी कर्जा १ करोडभन्दा माथिको रहेको छ । गत असार मसान्तमा १ करोड भन्दा ठुलो सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा पुस मसान्तमा आउँदा ७५ अर्ब ४४ करोड २४ लाख पुगेको छ । यो रेन्जको कर्जाको माग ३४.९ प्रतिशतले बढेको हो ।

५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ६ महिनामा १४.९ प्रतिशतले वृद्धि भएको छ। यस्तो सेयर धितो कर्जा १ अर्ब ८५ करोडले बढेर १४ अर्ब २८ करोड १९ लाख रुपैयाँ पुगेको छ । २५ लाखदेखि ५० करोड रुपैयाँसम्को ऋण लगानी ११.९ प्रतिशतले बढेर १६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। 

त्यस्तै, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८.१ प्रतिशतले बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। 

सम्बन्धित समाचार