Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

काठमाडौं, २६ माघ। नेपाल व्यवस्थापन संघमा मोहन राज ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएछ । ओझा ग्रोथ सेलर्स प्रालिका सस्थापक हुन । प्रथम उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सु्मन पोखरेल र द्वितीय उपाध्यक्षमा मास्रेक बैंकका आवासीय प्रतिनिधि हेमा अधिकारी चयन भएका छन् ।

त्यसैगरी कार्यसमितिको महासचिवमा प्राज्ञ इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा एसएसएफका कार्यकारी निर्देशक कविराज अधिकारी चयन भएका छन् । सदस्यहरुमा कृषि विकास बैंकका धर्मानन्द अवस्थि, इसीमोडका अनु जोशी श्रैष्ठ, कृष्ण प्रसाद आचार्य, किशोर ढुंगाना, मधु पौडेल, इपीएफका जितेन्द्र धिताल, बीमा प्राधिकरणका सुर्यप्रसाद सिलवाल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका चंकी श्रेष्ठ, नेपाल एसबीआई बैंकका डेपुटी कार्यकारी अधिकृत राजेशकुमार पन्डा, नर्भिक इन्टरनेसनल हस्पिटलका अजयकुमार मिश्र र कान्तिपुर पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर चयन भएका छन् ।

नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो । यस वर्षको म्यानेजमेन्ट अफ द एयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महाप्रबन्धक गोकर्ण अवस्थीले प्राप्त गरेका छन् भने वोमेन म्यानेर रिकग्निसन अवार्ड आरती चटौतले पाएका छन् ।

सम्बन्धित समाचार