Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

अपि पावरको नाफामा १४ हजार ४४४ प्रतिशतको छलाङ्ग

अपि पावरको नाफामा १४ हजार ४४४ प्रतिशतको छलाङ्ग

अर्थ प्लस
अपि पावरको नाफामा १४ हजार ४४४ प्रतिशतको छलाङ्ग

काठमाडौं, माघ २७ । अपि पावर कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो खुद नाफामा १४ हजार ४४४ प्रतिशत बढी हो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल नाफा ७१ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्म कम्पनीले ५३ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ५५ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर १०.२६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको छ ।

कम्पनीको वित्तीय विवरण

सम्बन्धित समाचार