काठमाडौं, माघ २८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो । सोल्टी होटलको १० प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको ५ ५ प्रतिशत बोनस सूचीकृत भएको नेप्सेले जनाएको छ ।
सोल्टी होटलको १० प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८ सय ९९ कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको ६ लाख ११ हजार ६ सय ५ कित्ता र मन्दकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ ।
बोनस सेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ ।
