Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा सामान्य बृद्धि, ७ अर्ब २४ करोडको कारोबार

सेयर बजारमा सामान्य बृद्धि, ७ अर्ब २४ करोडको कारोबार

अर्थ प्लस
सेयर बजारमा सामान्य बृद्धि, ७ अर्ब २४ करोडको कारोबार

काठमाडौं, माघ २९ । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ ।

आज २९९ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ ।आज १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सीएचडीसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । न्यादी हाइड्रोपावरको ३५ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गार्डियनका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार